जनता टाइम्स

२९ आश्विन २०७७, बिहीबार १२:३१

सीमा क्षेत्रका पिलरको खोजी तथा अनुगमन गर्दै-सशस्त्र प्रहरी


पर्सा, असोज २९

कोरोना भाइरस (कोभिड १९) कारण नेपाल–भारत दुवैतर्फ सीमा नाकामा कडाइ गरिएको छ । नेपाली सीमा क्षेत्रको सुरक्षा सशस्त्र प्रहरी बललाई जिम्मा दिइएको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा २४सैं घण्टा सुरक्षा दिइरहेको छ । त्यसैले सीमाका जनताका लागि सशस्त्र प्रहरी माथी बिश्वास भएको छ । सीमा सुरक्षामा खटिरहनेमध्ये एक हुन् सशस्त्र प्रहरी निरीक्षक संजिप बानिया उनी आफ्नो क्षेत्रमा प्रत्यके दिन १८ घण्टा जंगे पिलरको सुरक्षार्थ फ्रन्ट लाइनमा खटिरहेका छन् ।

सशस्त्र प्रहरी बल बिओपि (बोर्डर आउट पोष्ट) भिस्वा अन्तरर्गत पर्ने २४४ को हाराहारीमा रहेको पिलरहरूको खोजी तथा अनुगमन सम्पन्न गरेको हो । पिल्लर नम्बर ४०८, २ देखि ४१६, ५ सम्म खोजी तथा अनुगमन कार्य समाप्त भएको छ । सशस्त्र प्रहरी सिमा सुरक्षा बल भिस्वा र भारतका सिमा सुरक्षा बल एसएसबीको टोलीले संयूक्त रूपमा ग्रामिण भेगमा पर्ने १६ किलो मिटर सीमा क्षेत्रमा पर्ने जङ्गे पिलरहरुको समेत अनुगमन गरेको छ ।

पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वादेखि, वडा नम्बर १ मिर्जापुरसम्म अनुगमन गरिएको सशस्त्र प्रहरी निरीक्षक बानिया बताए । उनले भने, ‘सशस्त्र प्रहरी बलले सीमा स्तम्भ मात्र होइन, सीमा क्षेत्रको सम्पूर्ण सुरक्षाको पनि जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । सीमामा हुने अपराध नियन्त्रणसँगै चोरी निकासीलाई नियन्त्रणको जिम्मा पनि हामीहरुको छ ।’

सशस्त्र प्रहरी निरीक्षक बानियाको क्षेत्रमा नेपाल र भारत आउने–जाने १० वटा छोटो दूरीको बाटो रहेका छन् । उहाँका अनुसार अहिले वीरगञ्जको रक्सौल नाकालाई मात्र प्रवेश गर्न पाउने व्यवस्था गरिएकाले नाका क्षेत्रमा सहज वातावरण हुँदै गएको बिओपी भिस्वाका सशस्त्र प्रहरी निरिक्षक संजिप बानियाले बताउनुभयो ।