जनता टाइम्स

३० आश्विन २०७७, शुक्रबार १५:५३

अध्यक्ष दाहालसँग कँडेल समूहको भेट


काठमाडौं, असोज ३०

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने यमलाल कँडेल समूहका नेताहरुसँग पनि भेटेर कर्णालीमा विकसित परिस्थितिबारे बुझ्नुभएको छ । प्रचण्डलाई भेट्न कँडेल समूह आज बिहान ९ बजे खुमलटार गएको थियो ।

यसअघि अध्यक्ष प्रचण्डले कर्णालीका मुख्यमन्त्री महेन्द्र शाही समूहका नेताहरुका कुरा सुन्नुभएको थियो । उक्त समूहले कर्णालीमा भएको विवादबारे अध्यक्ष दाहाललाई जानकारी गराएका हुन् । अध्यक्षलाई भेट्न कँडेलसहित मायाप्रसाद शर्मा र गुलाबजंग शाह जानुभएको थियो ।

कर्णालीमा देखिएको विवाद समाधानका लागि अध्यक्षद्वले मुख्यमन्त्रीसहितका नेताहरुलाई काठमाडौं बोलाउनुभएको थियो । दुवै समूहलाई एकै ठाउँ राखेर छलफल गर्ने अध्यक्षद्वयको तयारी छ । तर, छलफल कहिले गर्ने विषयमा अहिले केही टुंगिएको छैन ।