जनता टाइम्स

१ कार्तिक २०७७, शनिबार १६:०२

प्रहरीका हवल्दार दम्पत्ति चार लाख रुपैयाँ घुससहित पक्राउ


बुटवल, कात्तिक १

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहनीलाई चार लाख रुपैयाँ घुसको रकमसहित पक्राउ गरेको छ ।

हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाइदिन सहयोग गरेवापत घुस मागिरहेको विशेष सूचनाका आधारमा अख्तियारको टोलीले हवल्दार सहनीलाई पक्राउ गरेको हो । सहनीसँगै उनकी श्रीमती निर्मला केवट पनि पक्राउ परेको अख्तिया प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

उनीहरूलाई उक्त रकम लिइसकेको अवस्थामा सियारी गाउँपालिका–७ खनाल मिठाइ पसलनजिकबाट रंगेहात पक्राउ गरिएको अधिकारीले बताउनु भयो ।