जनता टाइम्स

२ कार्तिक २०७७, आईतवार ०८:३६

पर्वतमा हाइब्रिड धानमा ढुसी र नेक ब्लास्ट रोगको प्रकोप


पर्वत, कात्तिक २

पर्वतमा हाइब्रिड धान खेतीमा कालोपोको नामक ढुसी र नेक ब्लास्ट रोगको प्रकोप देखिएको छ । पर्वत जिल्लाका विभिन्न स्थानका रोपिएको हजारौं रोपनी धानखेतमा कालोपोको प्रकोप देखिएको हो । उत्पादन राम्रो हुने भन्दै कृषकले लगाएको हाइब्रिड धानबालीमा रोग लागेपछि कृषक चिन्तामा परेका हुन् ।

कालोपोको रोगसँगै डढुवा, मरुवा र गँबारोले समेत धानबालीमा क्षति पुर्याएपछि कृषकहरु मारमा परेका छन् । पर्वतमा हाइब्रिड जातका धानका बीउ सिफारिस नगरिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । कृषि प्राविधिकले हाइब्रिड धान नलगाउन सुझाव दिंदादिंदै कृषकहरुले आफूखुसी गरेकाले पनि रोगको प्रकोप सहनु परेको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले बताउनुभयो ।