प्रदेश १समाचारसमाज

भारतबाट दशै मान्न आउदै गर्दा दुर्घटना, पाँच जनाको मृत्यु

  •  
  •  
  •  
  •  

उदयपुर, कात्तिक २

उदयपुरको कटारी नगरपालिका–१४ को भदौरेस्थित शिध्दिचरण राजमार्गमा स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्य भएको छ । भदौरे भिरमा शनिबार राति स्करपियो जिप खस्दा अन्य तीन जना गम्भीर घाइते छन् ।

भैरहवाबाट कटारी हुँदै ओखलढुंगाको मानेभन्ज्याङ जान लागेको बा२०प ७१७१ नम्बरको स्करपियो दुर्घटनाग्रस्त भएको हो । मृत्यु हुनेमा ओखलढुंगा मानेभन्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्कीको मात्र पहिचान खुलेको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

यसैगरी दुर्घटनामा नाम थर वतन नखुलेका अन्दाजी ३० वर्षकी महिला, ३२ वर्षको पुरुष र ५२ वर्षको पुरुष रहेका छन् । दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रूपन्देहीको त्रिगम्बा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।

प्रहरीका अनुसार उनीहरू सबै जना भारतको लद्दाखबाट दसैं मान्न आउने क्रममा भैरहवा क्वारेन्टाइनमा बसी गाडी रिजर्भ गरेर घर फर्कंदै थिए । ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको अनुमान गरेको प्रहरीले गाडी सडकबाट करिब एक किलोमिटर तल खसेको जनाएको छ ।

Comment here