जनता टाइम्स

२ कार्तिक २०७७, आईतवार ११:२३

नेता रावलद्धारा दसैं खर्च फिर्ता गर्ने घोषणा, विषम परिस्थितिमा सांसदले भत्ता लिनु ठीक होइन


काठमाडौं, कात्तिक २

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले खातामा जम्मा भइसकेको दसैं खर्च फिर्ता गर्ने घोषणा गर्नुभएको छ । कोरोना महामारीको विषम परिस्थितिमा सांसदले भत्ता लिनु ठीक होइन भन्ने कुरामा आफ्नो समर्थन रहेको जनाउँदै नेता रावलले ट्विटरमार्फत दसैं खर्चबापतको रकम फिर्ता गर्न मञ्जुर रहेको घोषणा गर्नुभएको हो ।

‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो। हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस्,’ उहाँले ट्विट गर्नुभएको छ, ‘सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ। मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ।’