जनता टाइम्स

२ कार्तिक २०७७, आईतवार १७:३९

लुम्बिनि प्रदेश : प्रदेशका कुनै जनप्रतिनिधिहरुले चाडपर्व खर्च लिएका छैनन


काठमाडौं, कात्तिक २

लुम्बिनि प्रदेशले प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिहरु कसैले पनि चाडपर्व खर्च नलिएको बताएको छ । प्रदेश सरकारले दशैं खर्चको प्रवन्ध नै नमिलाएको बताएको छ । आज पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारका सबै कामलाई अझ पारदर्शी र प्रभावकारी बनाउँदै लग्ने जनाएका हो ।

त्यस्तै लुम्बिनि प्रदेशले अब मागका आधारमा नभई योजनाका आधारमा बजेट विनियोजन हुने संस्थागत संरचना तयार भएको बताएको छ । हाल संघीयताको व्यवहारिक कार्यान्वयनको चरणमा रहेको भन्दै संवैधानिक व्यवस्था अनुसार संघीय शासन प्रणालीलाई व्यवहारिक कार्यान्वयन गर्दै जनअपेक्षा अनुसार उत्तरदायी र जवाफदेही शासन प्रणालीको रुपमा काम गरेको बताएको छ ।

यो साढे दुई वर्षको अवधिमा प्रदेश सरकार लगायत तहगत सरकारहरुले यसरी काम गरिरहेको र बलियो जग हाल्न सफल भएको बताएको हो । आवधिक योजना निमार्ण गर्दै त्यही आधारमा बजेट निर्माणको काम प्रारम्भ भएको जनाएको छ । गत २० असोजमा प्रदेशसभाबाट भएको नाम र राजधानी टुंगो लगाएपछि प्रदेशलाई संस्थागत गर्ने नयाँ विन्दुमा आइपुगेको बताएको हो ।