जनता टाइम्स

३ कार्तिक २०७७, सोमबार १०:४८

केएमसीको तेस्रो तलाबाट हाम्फालेका युवकको गयो ज्यान


काठमाडौं, कात्तिक ३

काठमाडौं मेडिकल कलेजको भवनबाट हाम्फालेका एक युवाको उपचारको क्रममा मृत्यु भएको छ । अस्पतालको तेस्रो तलाबाट सोमबार बिहान करिव पौन नौ बजेतिर हाम्फालेका २६ वर्षीय युवा रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी आइतबार साँझ अस्पताल भर्ना भएका थिए । उनको मानसिक अवस्था ठिक नरहेको बताइएको छ । आमा औषधि किन्न गएको बेला उनि हम्फालेको प्रहरीले जानकारी दिएको छ । सोलुखुम्बुको जुगु गाउँपालिकाका ती युवा बानेश्वरमा बस्थे ।

उनले यसअघि आफ्नो शरीरमा आगो लगाउने प्रयास पनि गरेका थिए । आगोले हातखुट्टा पोलेपछि उपचारका लागि उनलाई केएमसीमा ल्याइएको थियो । हाम्फाल्दा गम्भीर घाइते भएका उनलाई उपचार गरिए पनि केही समयमै मृत्यु भएको प्रहरीले जनाएको छ ।