जनता टाइम्स

३ कार्तिक २०७७, सोमबार १५:१६

कर्फ्यु र संकटकाल बारे गृह मन्त्रालयले निकाल्यो विज्ञप्ती


काठमाडौं, कात्तिक ३

गृह मन्त्रालयले कर्फ्यु र संकटकालका विषयमा विज्ञप्ती निकालेको छ । सामाजिक सञ्जालमा हल्ला फैलाइएको भन्दै गृहले सो हल्ला निराधार भएको प्रस्ट पारेको हो । गृहमन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले सोमवार एक विज्ञप्ति जारी गरी उक्त सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत रहेको उल्लेख गर्नुभएको छ ।

गृहले यस घटनालाई गम्भीरतापूर्वक लिई आवश्यक कारवाही प्रक्रिया अघि बढाइसकेको समेत विज्ञप्तिमा उल्लेख छ ।