जनता टाइम्स

१७ जेष्ठ २०७६, शुक्रबार ०७:३८

ससुराद्धारा बुहारीको हत्या


बझाङ, १७ जेठ । बझाङमा हँसिया प्रहार गर्दा एक महिलाकोे मृत्यु बझाङ जिल्लाको सुर्मा गाउँपालिकामा घरायसी सामान्य विवाद हुदा हँसिया प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ ।
बिहिबार साँझ सुर्मा गाउँपालिका ४ का ३४ बर्षिय लोकेन्द्र पुजाराले समान्य विवादमा सोही ठाउँकी २५ बर्षिय जुना पुजारालाई हँसिया प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । मदिरा सेवन गरेका लोकेन्द्रले आफ्नै बुहारी पुजारालाई घाँटीमा हँसिया प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक सुर्य बहादुर केसीले बताउनुभयो ।