जनता टाइम्स

१७ जेष्ठ २०७६, शुक्रबार १३:५४

नयाँदिल्लीमा ओली–मोदी भेटवार्ता, जनताबीचको सम्बन्ध गहिरो बनाउने प्रतिवद्धता


काठमाडौं, जेठ १७

प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र मोदीबीच आज बिहान नयाँदिल्लीको हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुई प्रधानमन्त्रीले आपसी सम्बन्ध, विशेषतः जनताबीचको सम्बन्ध, अझ गहिरो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले बताउनुभयो । मोदीको सपथ ग्रहण कार्यक्रममा भाग लिन प्रधानमन्त्री ओली बिहीबार दिउँसो भारत जानुभएको थियो भने दोस्रो कार्यकालका लागि मोदीले सपथ लिइसक्नुभएको छ ।