जनता टाइम्स

१ मंसिर २०७७, सोमबार १२:१३

पाँच वर्षपछि रानीपोखरीमा भाइटिका, ज्वरो नाप्ने मास्क लगाएर टिका लगाउने


काठमाडौं, मंसिर १

दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाडौंको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलेको छ । पाँच वर्षपछि पहिलो पटक मन्दिर खुलेको हो ।

भुकम्पले क्षतिग्रस्त मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि पहिलो पटक मन्दिर खुला गरिएको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक भाइटीकाका दिन मात्र खुल्छ । दिदीबहिनी नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।

पाँच वर्षपछि मन्दिर खुलेपनि कोरोना संक्रमणले गर्दा टिका लगाउनेको चहलपहल भने कम छ । मन्दिर प्रवेश गर्नु अगाडी ज्वरो मापन गरिएको छ भने मास्क लगाएरमात्र टिका लगाउन आग्रह गरिएको छ ।