काठमाडौं, मंसिर १
प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारको भाइ टीका लगाउनु भएको छ । बहिनी कौशल्या कोइरालाको हातबाट उहाले बालुवाटारमा टिका लगाउनु भएको हो । उहाले आफ्ना दाजु ओली र भाउजु राधिका शाक्यलाई टीका लगाइदिनु भएको हो ।
प्रधानमन्त्री ओलीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिनुभयो । कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहनुभएकाले एक मात्रै बहिनीले भाइ टीकाको अवसरमा प्रधानमन्त्री ओलीलाई टीका लगाइदिनु भएको उहाका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्