जनता टाइम्स

२ मंसिर २०७७, मंगलवार ०९:३१

यस्तो रैछ ओलीबिरुद्ध लाग्नैपर्ने पाँच भाईको बाध्यता


जहिले पनि नयाँ पुस्ता, नयाँ पुस्ता भन्ने, हामीलाई नेतृत्वमा बस्नै नदिने षडयन्त्र ओलीले गरे, दोस्रो पुस्तालाई नेता मानेर कसरी यो पार्टीमा बस्नु ?

काठमाडौं, मंसीर २ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसहित सचिवालयका पाँच नेताले ओलीबिरुद्ध मोर्चावन्दी गर्नुको मुख्य कारण दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण राक्नु नै रहेको पाइएको छ । अध्यक्ष पुष्पकमल दाहालदेखि बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले आफू निकटहरुसँग ‘ओलीले अचाक्ली गर्यो’ भन्ने शब्दसहित ‘हामीलाई त थन्क्याउन पो खोज्यो’ भन्दै कन्भिन्स गर्न थालेपछि ओलीबिरुद्ध लाग्नैपर्ने पाँच भाईको योजना बाहिर आएको हो ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनबाट दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव औपचारिक रुपमै राखिसक्नु भएको छ । उहाँले स्थायी कमिटी र सचिवालय बैठकमा सो प्रस्ताव राखेपछि सार्वजनिक रुपमा पनि दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्ने अफ्नो अडान राख्नुभएको थियो । ओलीको सो अडानले आफूहरु कुनामा थन्किनु पर्ने भयो भन्दै अध्यक्ष प्रचण्डसहित बरिष्ठ नेता नेपाल, उपाध्यक्ष गौतमसहित झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले ओलीबिरुद्ध मोर्चावन्दी बनाएर आफूले नेतृत्व नपाउने भए पार्टी नै बिभाजन गरी नेतृत्व हत्याउने योजनासहित अघि बढनु भएको हो ।

‘जहिले पनि नयाँ पुस्ता, नयाँ पुस्ता भन्ने, हामीलाई नेतृत्वमा बस्नै नदिने षडयन्त्र ओलीले गरे, दोस्रो पुस्तालाई नेता मानेर कसरी यो पार्टीमा बस्नु ?’ अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बामदेवलाई आफूहरुलाई भनेको कुरा उधृत गर्दै भेटन पुगेका नेकपाका एक युवा नेताले जनताटाइम्ससँग भने । उनका अनुसार नेताहरुले नियुक्तिमा भागबण्डा, जस्तो चरित्रका भएपनि आफूहरुले भनेको ब्यक्ति नै मन्त्री हुनुपर्ने मान्यता र मन्त्रीको बदमासीमा प्रधानमन्त्रीको निगरानी हुन नहुने तीन बिषयलाई पाँचै नेताले प्रमुख रुपमा उठाउनु भएको छ । ‘प्रधानमन्त्रीले मन्त्रीमाथि बढी निगरानी गर्नुभयो भन्ने पनि उहाँहरुको असन्तुष्टि रहेछ, मुख्य कुराचाँहि दोस्रो पुस्तालाई नेतृत्वमा पुग्नबाट रोक्ने नै रहेछ,’ पाँचै नेतासँग भेट गरेका ती युवा नेताले निश्कर्ष सुनाउँदै जनताटाइम्ससँग भने ।

उनका अनुसार अध्यक्ष प्रचण्डले त आफू अहिलेसम्म नेतृत्वमा रहेको र भन्दै एकाएक अरुलाई बझाउने कुरा ल्याएर अपमान गरेको आरोपसमेत लगाउनु भएको छ । नेकपाका पाँच नेतामध्ये अध्यक्ष प्रचण्डले एक्लै ३२ बर्ष भन्दा बढी लगातार पार्टीको नेतृत्व गर्नुभएको छ । उहाँ पहिलो पटक पार्टीको सम्पुर्ण बागडोर आफूले लिन नपाई दोस्रो पोजिशनमा अध्यक्ष बन्नुभएको छ । नेतृत्व हस्तान्तरणको माग गरेकै कारण उहाँले युद्धका सारथी र आफ्नै गुरु मोहन बैद्यसहित डा. बाबुराम भट्टराई र नेत्रबिक्रम चन्द, बिप्लवलाई पार्टी छाडेर जान बाध्य पार्नुभएको छ । यस्तै अर्का नेता माधव नेपालले १५ बर्ष पार्टीको लगातार नेतृत्व गर्नुभएको छ ।

आफ्नो पदतिर आँखा लगाएको भन्दै २०५४ सालमा पार्टी नै बिभाजन गर्न मुख्य भुमिका खेल्नुभएका नेपालले २०६४ सालको संबिधानसभा निर्वाचनमा नेकपा एमालेलाई आर्यघाटमा पुर्याएपछि मात्रै पार्टी नेतृत्व छाडनु भएको थियो । यस्तै खनालले पनि १३ बर्ष पार्टीको नेतृत्व गर्नुभएको छ । उहाँहरु तीनै जना प्रधानमन्त्रीसमेत भइसक्नु भएको छ । उपाध्यक्ष गौतमले चार बर्ष पार्टी चलाउनु भएको छ भने प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि लामो समय पार्टीको नेतृत्व गरी असफल नेताका रुपमा स्थापित हुनुभएको छ ।

कस्ले कति बर्ष पार्टीको नेतृत्व गरे ?

१.पुष्पकमल दाहाल “प्रचण्ड” – महामन्त्री, अध्यक्ष/ कार्यकारी अध्यक्ष, मशाल, एकताकेन्द्र, माओवादी, एमाओवादी, माओवादीकेन्द्र, नेकपा – (२०४५-२०७७)- ३२ बर्ष ।
२. झलनाथ खनाल – महासचिव- (२०३९- २०४६), संयाेजक-(२०६१-६२), महासचिव/अध्यक्ष (२०६५-२०७१)- १४ बर्ष ।
३. माधवकुमार नेपाल – महासचिव(२०५०- २०६५)- १६ बर्ष
४. वामदेव गाैतम – महासचिव, नेकपा (माले)- (२०५५-२०५८) – ४ बर्ष ।
५. नारायणकाजी श्रेष्ठ – महामन्त्री/सहमहामन्त्री, नेकपा(एकताकेन्द्र/ एकताकेन्द्र-मसाल)- (२०५१- २०६५)
– १४ बर्ष ।
पार्टी/आन्दाेलनकाे दशा ?

प्रधानमन्त्री ओलीले एकपटक नेतृत्व गरिसकेको ब्यक्ति फेरिफेरि किन मरिहत्ते गर्ने ? भन्ने प्रश्नले यी पाँचै भाइलाई नराम्रोसँग झस्काएको ती युवा नेताको भनाई छ । सोझै दोस्रो पुस्तालाई नेतृत्व नदिने कुरा राखे आफू निकट पनि टाढिने भन्दै पाँच भाईले त्यसैका लागि राजनीतिक रंग लगाएर गत बैशाखमा तयार पारिएको दस्तावेजलाई प्रस्तावको नाममा सचिवालयमा राखिएको स्रोतले बतायो ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्डको नाममा सचिवालयमा आएको प्रस्ताव नेपालको नक्सा प्रकाशन गरेपछि ओली सरकार ढाल्न आएको भारतीय टोलीको योजनाअनुसार बनाइएको थियो । सोही दस्तावेजलाई अहिले राखिएको हो । बैशाख-जेठमै तयार पारिएको कारण भदौं २६ गते बसेको स्थायी कमिटी बैठकले गरेको निर्णय भन्दा बाहिर गएर दस्तावेज आएको स्रोतको भनाई छ । प्रचण्ड आर्यघाटमा पनि पार्टी प्रमुखकै रुपमा सिरानी लगाएर जान चाहनुहुन्छ ।