जनता टाइम्स

२ मंसिर २०७७, मंगलवार १८:०१

अचानक किन शीतलनिवाश पुगे प्रचण्ड ?


काठमाडौं, मंसिर २

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुग्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न अध्यक्ष दाहाल साँझ शीतलनिवास पुग्नुभएको हो ।

प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको प्रधानमन्त्री ओली, महासचिव बिष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितको बैठक सकिएलगत्तै अध्यक्ष दाहाल राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको हो ।