जनता टाइम्स

३ मंसिर २०७७, बुधबार १२:१७

सचिवालय र मन्त्रिपरिषद् बैठकअघि नेकपामा बन्दैछ यस्तो सहमति


काठमाडौं, मंसिर ३

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद तत्काल समाधान उन्मुख देखिन थालेको छ । प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड निकट स्रोतले दिएको जानकारी अनुसार सचिवालय बैठक बसेर स्थगित हुने दाबी गरेका छन् ।

दुवै निकट स्रोतका अनुसार दुई अध्यक्षबीच सहमति बनेर मन्त्रिपरिषद् बैठक सारेको दाबी गरेका छन् । दोस्रो तहका नेताहरुले मंगलबार बेलुका र बुधबार विहान नेताहरसँग दौडधुप गरेपछि केही दिन यो विवादलाई यत्तिकै थाति राखेर सहमति खोजिने भएको छ । एक नेताले दिएको जानकारीअनुसार आज सचिवालय बैठक बस्ने र कुनै पनि विषयमा छलफल नभई अर्को बैठकको मिति तोकिने जानकारी दिनुभयो ।

विशेष गरी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो तहका नेताले दबाब दिएपछि उहा बैठकमा कुनै पनि विषयमा छलफल नगर्ने र अर्को मिति तोक्नेमा राजी हुनु भएको स्रोतका दावी छ । सचिवालय बैठक सकिएपछि २ बजे नियमित एजेण्डामा मन्त्रिपरिषद्मा छलफल हुने वा स्थगित गर्ने तयारी भएको पनि बुझिएको छ ।