काठमाडौं, मंसिर ३
मंसिर महिनाको पहिलो कारोबारको दिन सुनको भाउ सामान्य घटेको छ भने चाँदी सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन तोलाको ९५ हजार १ सय कायम गरेको छ । गत कात्तिक २८ गते तोलाको ९५ हजार २ सय थियो ।
यस्तै तेजाबी सुनको भाउ पनि सय रुपैयाँले घटेर तोलाको ९४ हजार ६ सय कायम भएको छ । गत २८ गते तोलाको ९४ हजार ७ सय थियो । चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ । गत कात्तिक २८ गते तोलाको १२ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको आज तोलाको १२ सय ३० मूल्य कायम गरिएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्