काठमाडौं, मंसिर ३
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अहिले विभाजनको विषयलाई लिएर नेताहरुका विभिन्न भनाईहरु आईरहेका छन् ।
फुट र विभाजन रुचाउने र नरुचाउने नेकपा नेताका सामाजिक सञ्जाल त्यसरी नै रंगिरहेका छन् । यसैक्रममा पूर्व कानुनमन्त्री एंव नेकपा नेता शेरबहादुर तामाङले नेकपा नफुट्ने बताउनु भएको छ । उहाले समाजिक सञ्जालमा भन्नुभएको छ, ‘नेकपा फुट्दैन, फुट्न दिइने छैन ।’
नेतृत्वबीच सचिवालय बैठक बसेर अर्को बैठकको मिति तोक्ने तयारी भईरहेका बेला उहाको यस्तो भनाई बाहिर आएको हो । नेकपाको विवाद लामो समयदेखी चल्दै आएको छ । संवैधानिक नियुक्ति हुने वित्तिकै नेकपाका दुई खेममा देखिएका समुह आपसी विवादमा उत्रिहाल्छन् ।
प्रतिक्रिया दिनुहोस्