काठमाडौं, मंसिर ३
बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–२, बसुन्डोलमा १४ वर्षीया बालिका बलात्कार गर्ने हुम्ला ताजाकोट गाउँपालिका–२ का २३ वर्षीय सुरेश लोहारलाई मंगलबार पक्राउ गरेको हो ।
बसुन्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरामा बालिकालाई बोलाएर जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । मंसिर १ गते सोमबार भाइटीकाका दिनमा घटना भए पनि लोहार फरार थिए । पक्राउ लोहारलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको वृत्त प्रमुख श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्