जनता टाइम्स

३ मंसिर २०७७, बुधबार १३:३०

नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु, मुस्कुराउँदै बैठक कक्षमा प्रवेश गर्नुभयो प्रधानमन्त्री ओली


काठमाडौं, मंसिर ३

सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजेपछि सचिवालय बैठक सुरु भएको हो ।

बैठकमा पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहित सचिवालयका नौ जना सदस्य सहभागी हुनु भएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले बुधबार दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक दुई बजेलाई सारिएको छ । बैठकमा नेताहरुले धारणा राखेपछि अर्को बैठकको मिति तोकिने नेताहरुले जानकारी दिएका छन् । बैठकका लागि प्रधानमन्त्री ओली मुस्कुराउँदै बैठक कक्षमा प्रवेश गर्नुभएको थियो ।