जनता टाइम्स

३ मंसिर २०७७, बुधबार १४:४८

सकियो नेकपा सचिवालय बैठक, यस्तो आयो निश्कर्ष


काठमाडौं, मंसिर ३

सत्तारुढ नेकपाको सचिवालय बैठक मंसिर १३ गते फेरी बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजेपछि करिव पौने दुई घण्टा बसेको सचिवालय बैठक पुनः बस्ने गरी सकिएको हो ।

बैठकमा पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहित सचिवालयका नौ जना सदस्य सहभागी हुनु भएको थियो । यसअघि प्रधानमन्त्री ओलीले बुधबार दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक दुई बजेलाई सारेपछि सचिवालय बैठक एक बजे बसेको हो । त्यसअघि विभिन्न सञ्चारमाध्यमले ओली बैठकमा सहभागी नहुने भन्दै अफवाह फैलाईरहेका थिए ।