जनता टाइम्स

३ मंसिर २०७७, बुधबार १५:००

महाधिवेशनको तयारीमा जुट्यो नेकपा, दुवै कमिटीको बैठक आव्हान


काठमाडौं, मंसिर ३

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले महाधिवेशनको तयारीका लागि स्थायी कमिटी बैठक आव्हान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले मंसिर १८ गतेका लागि स्थायी कमिटी बैठक आव्हान गरेको हो ।

स्थायी कमिटीले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नेछ । चैतमा महाधिवेशन गर्ने निर्णय गरिसकेको नेकपाले त्यसलाई अगाडी बढाउने पहल शुरु गरेको हो । मंसिर १५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक भने २५ गतेलाई सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

सचिवालयमा अध्यक्ष केपी शर्मा ओलीले पनि प्रतिवेदन पेश गर्नु हुने भएको छ । अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले व्यक्तिगत कुण्ठा बोकेर प्रतिवेदन ल्याएपछि प्रधानमन्त्री ओलीले पनि प्रतिवेदनबाटै त्यसको काउन्टर दिन लाग्नु भएको हो । सचिवालय बैठक मंसिर १३ गते फेरी बस्ने भएको छ ।