जनता टाइम्स

३ मंसिर २०७७, बुधबार १५:२८

महासचिवले सामुहिक राजिनामाको प्रस्ताव ल्याएपछि एकाएक मौन बस्यो प्रचण्ड–नेपाल खेमा


काठमाडौं, कात्तिक ३

‘३०– ३२ वर्ष पार्टीको नेतृत्व लिएका पटक पटक प्रधानमन्त्री भएका व्यक्तिहरु पटक पटक म म भन्दै किन भन्छन । हामी भन्दा पछाडी रहेको करिव ६० वर्ष पुगेका नेताहरु छन्, उनिहरुलाई अब नेतृत्व किन नदिने ? हामीले नै ओगटी रहने, जो तीन दशकदेखी शक्ति पावरमा छ, घुमिफेरी त्यही व्यक्तिमा किन आउने ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अगाडी एउटा अन्तर्वातामा भन्नु भएको थियो ।

उहाको मनसाय अब पार्टी नेतृत्व नयाँ व्यक्तिलाई दिउ भन्ने स्पष्ट छ । नेकपामै हाल चार जना प्रधानमन्त्री भईसकेका व्यक्ति छन् । उनिहरुमध्ये धेरै त दशकौं पार्टीको नेतृत्व गरेका नेता पनि छन् । पछिल्लो समय नेकपाको विवाद चर्किरहँदा र पटक पटक विवाद निस्किएपछि प्रधानमन्त्री ओलीले महाधिवेशनबाट नयाँ नेतृत्व चुनौं भन्ने प्रस्ताव पेश गरिरहनु भएको छ । तर, विधि, पद्धति र बैठकको कुरा गरेर भागबण्डा खोजिरहेको पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल खेमाले यो विषयमा अहिलेसम्म कुनै धारणा बैठक र सार्वजनिक मञ्चमा दिन सकेको छैन ।

नेकपाको विवाद देखेर स्वयम नेकपाकै नेताहरु समेत दिक्दारीमा परिरहेका छन् । पार्टी विभाजनको बहस समेत नेताहरुले गरिरहेका बेला बुधबार बसेको सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले सामुहिक राजिनामाको प्रस्ताव पेश गर्नुभएको छ । सधै शान्त जस्ता देखिनु हुने महासचिवले नेतृत्वलाई कडा शब्द राख्दै सामुहिक राजिनामाको प्रस्ताव पेश गर्नुभएको हो ।

सचिवालय बैठकमा महासचिव पौडेलले सचिवालयको टिम नेतृत्व गर्न योग्य नभएको र यसैगरी चल्ने भए पार्टी र आन्दोलन समाप्त हुन सक्ने भएकाले नयाँ पुस्तालाई ठाउँ खालि गर्न स्थायी कमिटीमा यो प्रस्ताव लैजाउ भनेर भनाई राख्नु भएको थियो । उहाको प्रस्ताव आएपछि प्रचण्ड–नेपाल खेमाले यो विषयमा एक शब्द पनि बोलेनन् । उनिहरुले बरु यो प्रस्तावलाई नजरअन्दाज गर्दै बैठकलाई अन्य विषयमा प्रवेश गराएको एक सचिवालय सदस्यले जनताटाइम्सलाई जानकारी दिनुभयो ।

एक नेताको अनुसार प्रचण्ड–नेपाल खेमाको आजको प्रस्तुतबाट उहाँहरु पार्टीमा किन विवाद झिकिरहनु भएको छ भन्ने विषय प्रष्ट भएको बताउनु भयो । आफुहरु पद नछाड्ने र अरु भने छाड् कि छाड् भन्ने मनरोगबाट उहाहरु ग्रस्त भएको ति नेताको भनाई छ । सचिवालय बैठक मंसिर १३ गतेसम्मका लागि स्थगित भएको छ ।