काठमाडौं, मंसिर ३
नेकपाका नेता एंव पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेकपाको विवाद अब कोल्डवार कथातिर मोडिएको टिप्पणी गर्नुभएको छ । सचिवालय बैठक १० दिन स्थगित भएपछि उहाले सामाजिक सञ्जालमा ब्याटलग्राउण्ड किस्सा अब कोल्डवार कथातिर मोडिएको बताउनु भयो ।
नेता बाँस्कोटाले अबका दशदिन कथाकारलाई भने सास्ती हुने बताउनु भएको छ । ‘ब्याटलग्राउण्ड किस्सा अब कोल्डवार कथातिर मोडिने छन अबका दशदिन कथाकारहरुलाई सास्ती हुने भो’, उहाले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्