जनता टाइम्स

३ मंसिर २०७७, बुधबार १९:२६

सचिवालयको निर्णयप्रति शंकर पोखरेलको गम्भीर आपत्ति, शीर्ष नेतालाई दिनुभयो कडा चेतावनी


काठमाडौं, मंसिर ३

काठमाडौं, मंसिर ३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सचिवालयको निर्णयप्रति गम्भीर असहमति जनाउनु भएको छ । उहाले पुष्पकमल दाहाल, प्रचण्डको प्रस्तावलाई फिर्ता गरेर सयुक्त प्रस्ताव ल्याउनुपर्ने सुझाव सचिवालयलाई दिनुभएको हो ।

पार्टी एकताले पूर्णता नपाउदै समानन्तर दस्तावेजको वाटो एकतातर्फको वाटो अवश्य होइन भन्दै मुख्यमन्त्री पोखरेलले साझा दस्तावेजका लागि १० दिनको समय सदुपयोग गर्न सचिवालयका नेताहरुलाई सुझाव दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत राजनीतिक दस्तावेज ल्याउनका लागि भन्दै मंसिर १३ गतेसम्म बैठक स्थगित गरेको थियो ।

अध्यक्ष प्रचण्डले लगाएको आरोपको जवाफसहित राजनीतिक दस्तावेज अध्यक्ष ओलीले ल्याउने भएपछि समाधान्तर दस्तावेज हुने र सो काम पार्टी एकताको पक्षमा नरहेको आफ्नो निश्कर्ष पोखरेलले सुनाउनु भएको छ । ‘पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा सचिवालय वैठकले प्रधामन्त्रीसमेत रहेका प्रथम अध्यक्षलाई वैठकमा अर्को प्रस्ताव ल्याउन समय दिएछ । पार्टी एकताले पूर्णता नपाउदै समानन्तर दस्तावेज वाटो एकतातर्फको वाटो अवश्य होइन,’ मख्यमन्त्री पोखरेलले भन्नुभएको छ ।

नेकपाभित्र बैचारिक नेताका रुपमा स्थापित पोखरेलले सचिवालयका नेताहरु गम्भीर नबने महासचिव बिष्णु पौडेलले सामुहिक राजीनामाको प्रस्तावले लखेटने चेतावनीसमेत दिनुभएको छ ।
‘१० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा सदुपयोग गर्न सचिवालयका कमरेडहरु गंभीर बन्नुहोस । अन्यथा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले लखेट्न सुरु गर्नेछ,’ मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ ।

यस्तो छ पोखरेलको बिचार

पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा सचिवालय वैठकले प्रधामन्त्रीसमेत रहेका प्रथम अध्यक्षलाई वैठकमा अर्को प्रस्ताव ल्याउन समय दिएछ । पार्टी एकताले पूर्णता नपाउदै समानन्तर दस्तावेज वाटो एकतातर्फको वाटो अवश्य होइन । १० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा सदुपयोग गर्न सचिवालयका कमरेडहरु गंभीर बन्नुहोस् । अन्यथा महासचिवको भनिएको सार्वजनिक प्रस्तावले लखेट्न सुरु गर्नेछ ।