काठमाडौं, मंसिर ४
अन्तर्राष्ट्रिय बजार पछ्याउँदै स्थानीय बजारमा सुनचाँदीको भाउमा गिरावट आएको छ । एकै दिन सुन तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार ४ सय तोकेको छ । हिजो बुधबार तोलाको ९५ हजार एक सय रुपैयाँ थियो ।
यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ७ सयले नै घटेर ९३ हजार ९ सय कायम भएको छ । हिजो बुधबार तेजाबी सुनको भाउ तोलाको ९४ हजार ६ सय थियो । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १२ सय १५ कायम भएको छ । हिजो तोलाको १२ सय ३० रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस्