जनता टाइम्स

५ मंसिर २०७७, शुक्रबार १३:३५

हानका निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन


काठमाडौं, मंसिर ५

होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ । ७२ वर्षको उमेरमा शाक्यको आज बिहान निधन भएको हो । होटेल तथा पर्यटन उद्योगको विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै होटेल संघ नेपालको अध्यक्षसमेत भई नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका शाक्य ‘प्रवल जनसेवाश्री चतुर्थ’ बाट विभूषित हुनु भएको थियो ।

२४ वर्षभन्दा बढी हानमा सक्रिय भई अतुलनीय योगदान पुर्याउनुभएका शाक्य यस क्षेत्रमा स्थापित एक कुशल व्यवस्थापक, सरल तथा मिजासिला व्यक्ति भएको हानको अध्यक्ष सिर्जना राणाले बताउनुभयो । शाक्यका श्रीमती र दुई छोरा छन् ।