काठमाडौं, मंसिर ५
नेपाली बजारमा सुनको भाउ तोलाको ९४ हजारमा आइपुगेको छ । यो साता निरन्तर सुनचाँदीको भाउ घटेको छ । बिहीबारको तुलनामा आज तोलामा चार सय रुपैयाँले सुनको भाउ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावल सुनको भाउ तोलाको ९४ हजार कायम गरेको छ । हिजो बिहीबार पनि ७ सय रुपैयाँलै घटेर प्रतितोला ९४ हजार ४ सय कायम भएको थियो ।
बुधबार तोलाको ९५ हजार १ सय रुपैयाँ थियो । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा चार सय रुपैयाँले नै घटेर ९३ हजार ५ सय कायम भएको छ । हिजो बिहीबार ९३ हजार नौ सय रुपैयाँ रहेको तेजाबी सुनको भाउ बुधबार ९४ हजार ६ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्