जनता टाइम्स

५ मंसिर २०७७, शुक्रबार १४:४३

प्रधानसेनापतिद्वारा ढकाल र खड्कालाई उपरथीको दर्ज्यानी चिह्‍न प्रदान


काठमाडौं, मंसिर ५

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाका सहायक रथीद्वय सन्तोषकुमार ढकाल र सहदेव खड्कालाई आज उपरथीको दर्ज्यानी चिह्‍न प्रदान गर्नुभएको छ । मंसिर ३ गते बसेको मन्‍त्रिपरिषद्‌ बैठकले सहायक रथीद्वय ढकाल र खड्कालाई उपरथीमा पदोन्‍नति गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आज उहाँले दर्ज्यानी चिह्‍न प्रदान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै जनाएको छ ।

दर्ज्यानी चिह्‍न प्रदानसँगै उपरथी ढकाललाई पूर्वी पृतना हेडक्‍वाटरको पृतनापति तथा अर्का उपरथी खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको छ । सेनाका रथी तथा अधिकृतहरुको उपस्थिति यो कार्यक्रममा सहायक रथी दर्जामा पदोन्‍नति भएका चारजना महा–सेनानीहरुलाई पनि दर्ज्यानी चिह्‍न प्रदान गरिएको थियो ।