जनता टाइम्स

५ मंसिर २०७७, शुक्रबार १५:०४

नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा : काठमाडौंमा अशोक सिंह, ललितपुरमा किरण बज्राचार्य (सूचीसहित)


काठमाडौं, मंसिर ५ । सरकारले नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थपाले मन्त्रीस्तरीय निर्णय गरी मंरिस ७ गतेबाट लागू हुने गरी ३३ जना एसएसपीको सरुवा गर्नुभएको हो ।

गृह मन्त्रालयले आज जारी गरेको सरुवा सूचीअनुसार महानगरीय प्रहरी परिसर काठमाडौको प्रमुखमा एसएसपी अशोक सिंहले जिम्मेवारी पाउनुभएको छ । सिंहलाई सो जिम्मेवारी दिई परिसरका एसएसपी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ । यस्तै ललितपुरको प्रमुखमा किरण बज्राचार्य र महानगरीय ट्रापिक प्रहरी महाशाखा प्रमुखमा जनक भट्टराईलाई जिम्मेवारी दिइएको छ ।

यस्तै ट्राफिक महाशाखाका प्रमुख भीम ढकाललाई प्रहरी प्रधान कार्यालय सामुदायिक प्रहरी महाशाखा नक्सालमा सरुवा गरिएको छ भने प्रहरी प्रधान कार्यालय कल्याण महाशाखामा पोषराज पोख्रेललाई सरुवा गरिएको छ । यस्तै राजेशनाथ बाँस्तोलालाई बिमानस्थलमा सरुवा गरिएको छ ।

हेर्नाेस सरुवा सूची