जनता टाइम्स

५ मंसिर २०७७, शुक्रबार १५:४७

दोस्रो पुस्ताका सात नेतालाई गोकुल बास्कोटाको प्रश्न : कम्पनी कमान्डरमै चित्त बुझाउने कि, एकीकृत पार्टीको नेतृत्व गर्ने ?


काठमाडौं, मंसिर ५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता गोकुल बास्कोटाले नेकपाका दोस्रो पुस्ताका नेताहरूको समयले परीक्षण मागेको बताउनुभएको छ । पार्टीभित्रको आन्तरिक विवाद बढ्दै गएपछि उहाँले आज विहान यस्तो बताउनुभएको हो । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका उहाँले दोस्रो पुस्ताका नेताहरूले कुनै विभाजित टुकडीको कम्पनी कमान्डरमा चित्त बुझाउने की विशाल पार्टीमा सार्थक सैद्धान्तिक, वैचारिक तथा साङ्गठानिक हस्तक्षेपद्वारा एकीकृत पार्टीको नेतृत्व गर्ने भन्दै प्रश्न सोध्नुभएको हो ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत उहाँले उल्लेख गर्नुभएको छ,‘नेकपाको दोस्रो पुस्ता (शंकर, जनार्दन, प्रदीप, टोपबहादुर, योगेश, सुरेन्द्र, बिष्णु) हरुले निकटताको पहिचान बोकेर विभाजित टुकडीको कम्पनी कमान्डरमा चित्त बुझाउने कि विशाल पार्टीमा सार्थक सैद्धान्तिक, वैचारिक, सांगठानिक हस्तक्षेपद्वारा एकीकृत पार्टीको नेतृत्व गर्ने ? अब समयले परिक्षण माग्यो ।’