जनता टाइम्स

५ मंसिर २०७७, शुक्रबार १६:२०

‘परिस्थिति धेरै गम्भीर छ’ : नेकपा महासचिव पौडेल


काठमाडौं, मंसिर ५

नेकपा महासचिव विष्णु पौडेलले पार्टीभित्रको परिस्थिति धेरै गम्भीर रहेको प्रतिक्रिया दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज भएको भेटपछि उहाँले परिस्थिति धेरै गम्भीर रहेको बताउनुभयो ।

पत्रकारहरूले बोल्न कर गरेपछि पौडेलले भन्नुभयो, ‘परिस्थिति धेरै गम्भीर छ ।’ आजै कार्यकारी अध्यक्ष प्रचण्ड र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच पनि भेटवार्ता भएको छ । उहाँहरूबीच नेकपाभित्र चुलिएको विवाद समाधानबारे नै छलफल भएको थियो ।