जनता टाइम्स

६ मंसिर २०७७, शनिबार १८:२९

नेकपाभित्रको विवाद ठेक्कापट्टा र पदको भएको बिजुक्छेको निष्कर्ष


काठमाडौं, मंसिर ६

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले नेकपाको विवाद कुनै सिद्धान्त नभई ठेक्का र पदको भएको बताउनु भएको छ । सादगी नेताका रुपमा चिनिनु भएका बिजुक्छेले नेकपाको झगडा सैद्धान्तिक नभई आर्थिक भएको बताउनु भएको हो ।

शनिवार केही सञ्चारकर्मीसँग कुरा गर्दै उहाले केही ठेक्का र पदको लेनेदन मिलेमा फेरी चुप बस्ने टिप्पणी गर्नुभयो । उहाले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले तस्र्याउदैमा राजिनामा दिन नहुने समेत स्पष्ट पार्नुभयो । ‘कसैले ओलीजीलाई तस्र्याएर राजिनामा गराउछु भन्ने सोचेको भए, ओलीले त्यसलाई असफल सावित गरिदिनुपर्छ’, उहाले भन्नुभयो, ‘सत्तामा बस्ने लुरेलारे हुनुहुन्न । प्रधानमन्त्री लुरेलारे हुनुभएन ।’

अध्यक्ष बिजुक्छेले प्रचण्डसँग हिम्मत भए ओलीलाई हटाउन अविश्वासको प्रस्ताव ल्याउन चुनौती समेत दिनुभयो । नेकपाले पार्टीभित्र र संसदको प्रक्रियाबाट समाधान निकाल्नुपर्नेमा जोड दिदै कोरोनाको कहरमा पनि झगडा गरी बस्नेहरुलाई लाज लाग्नुपर्ने बताउनु भयो ।