जनता टाइम्स

७ मंसिर २०७७, आईतवार ०९:२३

शंकरले पोखरेलले औंल्याए पार्टी नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाएको दृष्टान्त


काठमाडौं, मंसिर ७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्वले चितवन घटना र पार्टी नेताहरुको बिज्ञप्तीलाई लिएर निकै कडा टिप्पणी गर्नुभएको छ । नेकपा स्थायी कमिटीका सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले बिवेक गुमाएको भन्दै कडा टिप्पणी गर्नुभएको हो ।

‘जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउछ तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुल्याउने र कमजोर बनाउने उपक्रम सुरु हुन्छ,’ मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ । शनिवार चितवनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अगुवा कार्यकर्ता भेला राखी अध्यक्ष तथा प्रधानमनत्री केपी शर्मा ओलीबिरुद्ध अपशब्दसहित गुटवन्दी गरेपछि युवा कार्यकर्ताले नारावाजी गर्दै प्रतिवाद गरेका थिए ।

उनीहरुले नेकपा जिन्दावादको नारा लगाएका थिए । सो नारा लगाउने युवा कार्यकर्तामाथि कार्वाही गर्न बरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठहरुले बिज्ञप्ती जारी गर्नुभएको थियो । सोही घटना र बिज्ञप्तीलाई नेता पोखरेलले यस्तो टिप्पणी गर्नुभएको हो ।