काठमाडौं, मंसिर ७
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल मुछिएको एक मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ । चर्चित बालुवाटारको ललिता निवासको जग्गा प्रकरणका विषयमा सर्वोच्चमा सुनुवाई हुन लागेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन प्रधानमन्त्री नेपाल र अर्का प्रधानमन्त्री बाबुराम भट्टराईलाई मुद्दा नचलाउने निर्णय गरेको थियो । नीतिगत निर्णय गरेको भन्दै मुद्दा चलाउन नमिल्ने जिकिर अख्तियारले गरेको थियो । सो निर्णयविरुद्ध बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो । नेपालको पनि संलग्नता रहेको र कारवाही हुनुपर्ने जिकिर निवेदनमा गरिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोज शर्माको इजलासमा यो मुद्दाको सुनुवाई हुदैछ । सर्वोच्चले मुद्दा चलाउन आदेश दिएमा भने अख्तियारले सो प्रक्रिया अगाडी बढाउनुपर्ने हुन्छ । भट्टराई तिनै न्यायाधीश हुन्, जसले नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेका थिए । न्यौपानेले २०७६ माघ २९ गते अख्तियार र महान्यायाधीवक्ताको कार्यालयलाई विपक्षी बनाई रिट दायर गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्