जनता टाइम्स

७ मंसिर २०७७, आईतवार १७:३३

हिरोकी पत्नीकै कारण जब तापसी पन्नूले फिल्म खेल्न पाइनन…


मुम्बई । बलिउड नायिका तापसी पन्नूले आफ्नो संघर्षको क्रममा भोगेका समस्याबारे भर्खरै खुलासा गरेकी छन । तापसीका अनुसार चलचित्र छायांकनको क्रममा उनले कैयौँ पटक आफ्नो डायलग नै परिवर्तन गर्नुपर्यो भने कति पटक त हिरोको तुलनामा पारिश्रमिक घटाउनुपरेको छ । कति पटक निर्माताहरूले उनलाई ‘रिजेक्ट’ नै गरेका थिए । त्यति मात्र नभएर चलचित्रका हिरोका श्रीमतीहरू तापसीलाई चलचित्रमा काम गरेको देख्न चाहँदैनथे ।

‘म केही चलचित्रबाट निकालिएकी थिएँ । किनकि, केही हिरोका श्रीमतीहरूले चलचित्रमा मैले काम गरेको मन पराएका थिएनन, यसैले, मैले केही चलचित्रमा सम्झौता गरेर पनि छोड्नुपरेको थियो,’ आफ्नो संघर्षको कथा सुनाउँदै तापसीले भनिन ।

एक चलचित्रमा उनले हिरोले भनेको नमान्दा अरू नै कलाकारको आवाजमा डबिङ गरिएको थियो । हिरोले डबिङका क्रममा सम्वाद परिवर्तन गर्न भने तर, उनले नमानेपछि अर्कै कलाकारको आवाजमा डबिङ गरिएको र सो घटनापछि आफूलाई मनपर्ने र आफू खुसी हुने मात्र चलचित्रमा काम गर्न थालेको उनको भनाइ छ ।

कतिपय हिरोले आफ्नो सिन नै परिवर्तन गरिदिएको जानकारी पनि तापसीले दिइन । ‘कतिपय यस्ता हिरो पनि थिए, उनको सिनभन्दा मेरो सिन बढी पावरफूल भएपछि त्यसलाई नै हटाउन लगाए । किनकि, त्यस्तो नगरेको खण्डमा हिरो म भन्दा कमजोर देखिन्थ्यो,’ आफ्नो कथा सुनाउँदै तापसीले भनिन ।