जनता टाइम्स

७ मंसिर २०७७, आईतवार १७:५५

प्रचण्डले आरोपपत्रमा किन उठाएनन् मेलम्चीको भ्रष्टचार विषय


काठमाडौं, मंसिर ७

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले सरकारविरुद्ध लगाएको आरोपपत्रको विषय अहिले चर्चामा रहेको छ । उनले लगाएका फर्जीपत्रको पक्ष विपक्षमा आरोप प्रत्यारोप चलिरहेको छ । तर, प्रचण्डले लगाएको आरोपपत्रमा बहुचर्चित र निक्कै भ्रष्टचार भएको भनिएको मेलम्ची खानेपानी आयोजनाको नाम कतै उल्लेख गरिएको छैन ।

मेलम्चीको विषयलाई लिएर खानेपानी मन्त्री बिना मगरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको छ । रञ्जु दर्शनाले भ्रष्टचार भएको भन्दै आयोगमा उजुरी दिएकी हुन् । यसविषयमा मन्त्री मगरले पनि विज्ञप्ती निकालेर विरोध गरेकी थिइन् । खानेपानी मन्त्रालयमा काम गरिसकेका सचिवहरुले पनि त्यहा ठुलो रकमको चलखेल हुने गरेको सार्वजनिक रुपमै पनि बताईसकेका छन् ।

यति ठुलो काण्डका विषयमा प्रचण्डको आरोपपत्र मौन बसेको छ । कारण छ, आफ्नै बुहारी मन्त्री भएपछि । ‘उहाँका आरोप सहि हुन्थ्ये त मेलम्ची प्रकरणको विषयमा आउथ्यो होला नी’, एक नेताले भने,‘जनतालाई त्यत्ति विधि ढाट्ने र रकमका ठुलो मोलमोलाइ भएका घटना सार्वजनिक हुँदा पनि उहा ९प्रचण्ड० चुप बस्नु भएको छ । यसैबाट बुझिन्छ, उहाँको निगाह र निशाना कहाँ हो भनेर ।’

मेलम्चीको एक ठेक्का प्रचण्डका घरबेटीले पाएका छन् । काम कहिल्यै नगर्ने उपमा पाएका ठेकदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनीलाई आयोजनाको डेढ अर्ब रुपैयाँको नयाँ ठेक्का पाएका हुन् । बुढानिलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन विस्तार तथा ओभरहेड ट्याङकी निर्माणको एक अर्ब ४१ करोड ६९ लाख २२ हजार ७६० रुपैयाँमा ठेक्का पाएका छन् ।

गृह मन्त्रालयका अनुसार शैलुङ निर्माण क्षेत्रमा बदमासी गर्ने क बर्गको ठेकदार हो । यस्तो सूचिमा रहेको कम्पनीलाई बुहारी मगरले ससुराको घरबेटीलाई कसरी ठेक्का दिइन् जाँचको विषय रहेको छ । तर, विचरा प्रचण्ड यसविषयमा कुरै गर्न चाहादैनन् ।