जनता टाइम्स

७ मंसिर २०७७, आईतवार १९:१५

सरकारी कर्मचारीले निजी इन्स्टिच्यूटमा पढाउन नपाउने


काठमाडौं, मंसिर ७

सरकारले सहसचिव वा सो भन्दा माथिल्लो पदको कर्मचारीले स्वीकृत बेगर निजी इन्स्टिच्यूटमा पढाउन नपाउने भएका छन् । सरकारी काम छाडेर पढाउन जाने गरेको व्यापक गुनासो आएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै राजपत्रांकित प्रथम श्रेणी(सहसचिव) वा सो भन्दा माथिल्लो पदमा कार्यरत निजामती कर्मचारीलाई निजी इन्स्टिच्यूटमा पढाउन प्रतिबन्ध लगाएको हो ।

उनीहरुले सरकार(मन्त्रिपरिषद) र मन्त्रालयको स्वीकृति नलिई कुनै पनि इन्स्टिच्यूट वा अनलाइन माध्यमबाट लोक सेवा वा अन्य निकायबाट सञ्चालन हुने प्रतिस्पर्धात्मक परीक्षा तयारी कक्षामा प्रशिक्षण दिन पाउने छैनन् । कुनै मन्त्रालय वा निकायबाट लिएको स्वीकृत पनि आइतबारै बाटै खारेज गरिएको छ ।

यस्तो छ मन्त्रालयको निर्णय