ताप्लेजुङ, मंसिर ८
प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको घुन्सा आइपुग्नु भएको छ । घुन्सा फाउन्डेसनले निर्माण गरेको स्वास्थ्य चौकी भवन उद्घाटन गर्न सोमबार हिमाली गाउँ घुन्सा आइपुग्नु भएका उहालाई घुन्सावासीले स्वागत गरेका छन् ।
प्रधानमन्त्री ओलीसँगै प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, पर्यटनमन्त्री योगेश भट्टराई, नेकपा संसदीय दलका नेता सुवास नेम्वाङसहितका नेतापनि आउनु भएको छ । घुन्सापछि प्रधानमन्त्री ओलीको टोली इलाम पुग्ने कार्यक्रम छ । इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
अत्यन्तै दुर्गमस्थल घुन्सामा प्रधानमन्त्री ओल आइपुग्नु भएपछि स्थानीयवासीले आफूहरुमा खुसीको सीमा नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्