जनता टाइम्स

८ मंसिर २०७७, सोमबार १८:५२

बालुवाटार जग्गा प्रकरण : साधरण तारेखमा छुटे पूर्वमन्त्री जोशी


काठमाडौं, मंसिर ८ । विशेष अदालतले पूर्वमन्त्री चन्द्रदेव जोशीलाई साधरण तारेखमा छाडन आदेश दिएको छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतमा आज हाजिर हुनुभएका पूर्वमन्त्री जोशी साधारण तारेखमा छुटनुभएको हो ।

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा प्रतिवादी बनाइएका पूर्वभूमिसुधारमन्त्री जोशी आज अदालतमा हाजिर हुनुभएको थियो । अदालतले उहाँलाई साधरण तारेखमा छाडेको हो ।