जनता टाइम्स

१० मंसिर २०७७, बुधबार १३:०८

मंगलबार रातिदेखि सम्पर्कविहीन बनेका डिएसपी होटलबाट रंगेहात पक्राउ


धनगढी, मंसिर १०

मंगलबार राति एकाएक सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक (डिएसपी) भरतबहादुर चौधरी पक्राउ पर्नुभएको छ । मंगलबार राति ९ बजेपछि सम्पर्कविहीन भएपछि उहाँको खोजीका लागि कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

चौधरी आज बिहान कैलालीकै बुढीतोलाको एक होटलमा युवतीसँग रंगेहात पक्राउ पर्नुभएको हो । प्रहरीले यस घटनालाई लुकाउन खोजिएको बुझिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार चौधरी बिहान आफैँ सम्पर्कमा आएको बताउनुभएको छ । अहिले चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ।