जनता टाइम्स

१२ मंसिर २०७७, शुक्रबार ०९:२३

गुल्मी जीप दुर्घटनामा पाँचको मृत्यु, तीन जना घाइते


गुल्मी, मंसिर १२ । गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।जिल्लाको इश्मा गाउँपालिका वडा नं ४ हुलबाट तमघास तर्फ आउँदै गरेको लु १ ज ११६६ नंम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा वडा नं ४ का ६५ बर्षका डम्मब बहादुर धिताल , ३३ का चिबबहादुर दर्लामी , ३० बर्षको बशन्त दर्लामी , ३३ बर्षको धनबहादुर अछामी, मालिका ५ का बर्ष ८० की सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइतेहरुमा वडा नं ४ का १९ बर्षका फर्सुराम थापा, २८ बर्षकी सरस्वती दर्लामी र २६ का कमल धिताङ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रबिणलाल श्रेष्ठले जानकारी दिनुभयो ।

घाइतेहरुलाई तम्घास ल्याइदै गरेको प्रहरीले जनाएको छ । जीप सडक देखि अनियत्रित भई चार सय मिटर तल खसेको थियो ।