जनता टाइम्स

१५ मंसिर २०७७, सोमबार १७:१६

चोरीको नाटक गरी प्रहरीलाई हैरानी दिएको आरोपमा पक्राउ


ललितपुर, मंसिर १५

चोरीको नाटक गरी प्रहरीलाई अनावश्यक हैरानी दिएको आरोपमा ललितपुरमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका १ बस्ने कान्छी पोडेलाई प्रहरीले पक्राउ गरेको हो । सानु कान्छा पोडेको घरबाट आइतबार दिउँसो नगद २६ लाख रुपैयाँ, २ थान सुनको सिक्री, बाला, झुम्का तथा चाँदीको पाउजु र २० तोला चाँदीको मन्दिर समेत चोरी भएको खबर प्रहरीमा पुगेको थियो ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोमा खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरी भएको भनिएको उल्लेखित नगद तथा गहना सहितका सामानहरु घर धनी सानु कान्छाकी श्रीमती कान्छीले घरकै माथिल्लो तल्लाको पूजा कोठामा सेफभित्र लुकाएको अवस्थामा फेला पारी कान्छीलाई पक्राउ गरेको हो ।