काठमाडौं, मंसिर १६
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरका एयरपोर्टको रुपमा विकास गर्ने बताउनु भएको छ । नेपालगन्ज बिमानस्थलमा एटीआर ७२ स्तरका थप ६ वटा जहाजहरु पार्किङ् गर्न सकिने गरी निर्माण सम्पन्न भएको एप्रोनको उद्वघाटन गर्दै मन्त्री भट्टराईले नेपालगन्ज एक अन्तर्राष्ट्रिय व्यापारी केन्द्र भएकोले विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउनु पर्ने बताउनु भएको हो ।
मन्त्री भट्टराईले नेपालगन्ज विमानस्थलको गुरु योजना मन्त्रीपरिषदबाट पास हुने क्रममा रहेको जानकारी दिनुहुदै सो विमानस्थलको क्षमता विस्तारमा प्रधानमन्त्रीको समेत चासो रहेको बताउनुभयो । मन्त्री भट्टराईले नेपालगन्ज विमानस्थलको रनवे विस्तार गरिने,टर्मिनल भवन नयाँ बनाउने बताउदै रनवेको लागि थप जग्गा अधिग्रहण गरिने समेत बताउनुभयो । उहाँले रनवे १८ सय मिटर भएमा एयर बस ३२० अवतरण गर्न सक्ने जानकारी दिदै रनवेको लागि जग्गा थप गरेर भएपनि रनवे विस्तार गर्ने बताउनुभयो ।
मन्त्री भट्टराईले नेपालगन्ज विमानस्थलले विकास दिल खोलेर गर्ने बताउदै विमानस्थल विस्तारमा साझेदारीको मोडललाई आत्मसाथ गरिने बताउनुभयो ।उहाले एयरपोर्ट नेपालगन्ज एयरपोर्ट विस्तारको काममा नगरप्रमुखलाई साझेदारी गर्न आग्रह समेत गर्नु भयो । उहाँले सुर्खेत, विराटनगर र महेन्द्रनगर एयरपोर्टमा प्रदेश र स्थानीय सरकारसँग साझेदारीमा काम अगाडि बढाईएको जानकारी समेत दिनुभयो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरका एयरपोर्टको रुपमा विकास गर्ने बताउनु भएको छ ।
नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विमानस्थल पूर्वाधारमा सहकार्य नीति अवलम्बन गरेको बताउनुभयो । हाल नेपालगन्ज एयरपोर्ट लम्बाई १५ सयबाट बढाएर १७ सय पाँच पुर्याईएको छ ।
प्रतिक्रिया दिनुहोस्