जनता टाइम्स

१७ मंसिर २०७७, बुधबार १५:३५

डा. बाबुरामले दिए आफ्नो विरोध गर्नेलाई कुकुरको संज्ञा


काठमाडौं, मंसिर १७

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो विरोध गर्नेहरुलाई कुकुरको संज्ञा दिनुभएको छ । उहाँले जानेर/नजानेर /उक्साहटमा आफूविरुद्ध अर्नगल दुष्प्रचार गर्नेहरुलाई कुकुरको संज्ञा दिनुभएको हो । आज सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेख्नुभएको छ,‘जानेर/नजानेर/उक्साहटमा मेरा विरुद्ध अनर्गल दुष्प्रचार गर्नेहरुलाई विन्सटन चर्चिलको शब्द सापटी लिएर म भन्छु–मानवजातिको उन्नयनको निर्दिष्ट लक्ष्यमा पुग्न हिँडेको म यौटा यात्री प्रत्येक भुक्ने कुकुरलाई ढुंगा हान्न थाले भने आफ्नो लक्ष्यमा पुग्न सक्दिनँ ।’ उहाँले थप लेख्नुभएको छ, ‘ती भुक्ने कुकुरहरुको भलो होस् !’