जनता टाइम्स

१७ मंसिर २०७७, बुधबार १७:११

तनहुँमा नेकपा र काग्रेस पक्ष आक्रोशित हुँदा प्रहरी र प्रशासन तनावमा, पौडेल प्रहरी नियन्त्रणमा


तनहुँ, मंसिर १७

पुल उद्घाटनको विषयलाई लिएर नेपाली काँग्रेसका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएपछि स्थितिलाई नियन्त्रण वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गिरफ्तार गरेको छ । तनहुँ जिल्ला स्थित नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसबीच पुल उद्घाटनको विषलाई लिएर विवाद भएर झडप भएपछि स्थिती आएपछि गिरफ्तार गरिएको हो ।

व्यास नगरपालिकाको वडा नम्बर १ को तालघरे र वडा नम्बर ११ जोड्ने बुल्दि खोला माथि निर्मित पुलको बुधबार उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेलले बुधबार दिउँसो १ बजे उद्घाटन गर्ने भनिएको पुलको नेकपा सर्मथित राष्ट्रिय युवा संघ नेपालले अवरोध गरेपछि तनाव भएको हो ।

युवा सङ्घले नाराबाजी गर्ने, जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको थियो र दमौलीमा मोटरसाईकल ¥याली गरेको थियो । यता नेपाली काँग्रेस निकट नेपाल तरुणदले पनि ठुलो सङ्ख्यामा युवा परिचालन गरी निषेध आज्ञा तोड्न लागेपछि सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भएको थियो । आन्दोलनकारी सँगै रहुन भएका वरिष्ठ नेता पौडेललाई व्यास नगरपालिका–१ तालघरेबाट प्रहरीले गिरफ्तार गरेको हो ।

स्थिति तनाव भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार दिउँसो निशेष आज्ञा जारी गरेको थियो । स्थिती तनावपूर्ण भएपछि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । उक्त परिस्थितिलाई सामान्य बनाई शान्ति सुरक्षा कामय गर्ने स्थानीय प्रशसासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम बुधबार दिउसो १२ बजे देखि साँझ ६ बजेसम्म पुल वरवरको क्षेत्रमा निशेष आज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यद्धारा जारी विज्ञेप्ततिमा जनाईएको छ ।

आन्दोलन भएपछि दुई घण्टा अघि देखि पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । काँग्रेसका कार्यकर्ताले पौडेललाई निषेध आज्ञा छिचोल्दै छिचोल्दै पुल उद्घाटन क्षेत्रमा लागेपछि सुरक्षाकर्मीसँग झडप भएको थियो । स्थितिलाई नियन्त्रण लिन दुई राउण्ड हवाई फायर तथा केही अश्रुग्याँस प्रहार गरी आन्दोलनलाई तिरवितर गरिएको थियो । आन्दोलनका क्रममा नेपाली काँग्रेस तनहुँका सचिव लक्ष्मी आचार्य घाईते हुनु भएको छ । आचार्यको टाउकोमा चोट लागेको छ । निषेधआज्ञा जारी गरेकोले पुल उद्घाटन गर्न नपाएको भन्दै काँग्रेसका कार्यकर्ता आन्दोलनमा उत्रिएका थिए । आन्दोलनको नेतृत्व वरिष्ठ नेता पौडेलले गर्नुभएको थियो । प्रहरीले यसअघि नेकपाका नेता कार्यकर्तालाई पनि पक्राउ गरेको थियो ।