जनता टाइम्स

१७ मंसिर २०७७, बुधबार १८:३२

नेकपाका शिर्ष नेतालाई गोकुल बाँस्कोटाको कडा चेतावनी


काठमाडौं, मंसिर १७

नेपाल कम्युनिष्ट पार्टीका नेता एंव पूर्वमन्त्री गोकुल बास्कोटाले कार्यकर्ता र जनताको फैसला कुर्न शिर्ष नेतासँग आग्रह गर्नुभएको छ । उहाले नेकपाको विवाद पदका लागि भएको भन्ने कुरा बहुत सरलरुपमा बुझ्न सकिने पनि स्पष्ट पार्नुभयो ।

नेता बास्कोटाले कार्यकर्तालाई नेतृत्व चयन गर्ने अवसरबाट बञ्चित गर्नु र आमचुनावमा जनताले गर्ने फैसला समेत कुर्न नसके नेकपा क्लाईमेक्स र कोल्याप्स यसै समयमा देखिने चेतावनी दिनु भएको छ ।

उहाले भन्नुभएको छ –

नेकपा विवाद हेर्दा बहुत सरलरुपमा यो भन्न सकिन्छ कि महाधिवेशन छलेर, कार्यकर्तालाई निर्णय गर्ने अवसरबाट बञ्चित गरेर अनि आमचुनावमा जनताले गर्ने फैसलासमेत कुर्न नसकेर जाने हो भने नेकपाको क्लाईमेक्स र कोल्याप्स यसै समयमा देखिने भो । त्यसपछि जय जय जय होईन जय नेपाल !