जनता टाइम्स

१७ मंसिर २०७७, बुधबार १८:४६

नेकपाका वरिष्ठ नेता नेपाल भन्नुहुन्छ : मेरो विरोध गर्नेलाई पुरस्कृत गर्ने ?


काठमाडौं, मंसिर १७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको विवादको केही गुत्थी कुरा खुस्काउनु भएको छ । एफसीडी नेपालले आयोजना गरेको कार्यक्रममा धारणा राख्दै वरिष्ठ नेता नेपालले अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र आफ्नो विरोध गर्नेलाई पुरस्कृत गरेको भन्दै आक्रोश पोख्नु भयो ।

यद्यपी उहाले कार्यक्रममा कसलाई के भएर पुरस्कृत गरेको नबताएपनि प्रचण्ड र आफ्नो विरोधमा यत्ति लेख्ने मान्छे त पुरस्कृत भएछ भन्दै आश्चर्य व्यक्त गर्नुभयो ।

यस्तो छ उहाले कार्यक्रममा राखेको धारणा

यो पार्टीभित्र सबैभन्दा पहिले मैले के जोड लगाएको छु भने यो अराजक प्रवृत्तिलाई समाप्तै पार्नुपर्छ । जे पायो त्यही लेख्ने, यो फेसबुक, स्टाटस के के छ यो लेख्ने एक एक व्यक्तिको पुरा हिसाब कितावबाट पार्टीबाट पहिले उनिहरुलाई सुधार्ने कोशिश गर्नुपर्छ । सुध्रिएन भने उनिहरुलाई विदाई गर्नुपर्छ । नभए यो पार्टी चल्दैन । पार्टीमा बसेको छ पार्टीमा जथाभावी लेखेको छ । जथाभावी लेख्नेहरु पुरस्कृत सम्मानित भईरहेका छन् । (मोवाइल देखाउदै) पुरस्कृत यहा हेर्नुहोस् त । प्रचण्ड कमरेडको त छदै छ । मेरो पनि विरोधमा यत्ति लेख्ने मान्छे त पुरस्कृत पो भएछ । कारण के हो भन्दाफेरी कस्तो प्रकारको सस्कार हुर्काउने भन्ने बारेमा गहन छलफल गरेका छैनौं ।