काठमाडौं, मंसिर १८
पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको निधन भएको छ । कोरोना संक्रमण निको भएको केही दिनमै उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । आज विहान काठमाडौंको बानेश्वरस्थित आफ्नै निवासमा उहाँको निधन भएको बताइएको छ ।
उहाँको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिँदै छ । राष्ट्रिय पञ्चायतका अध्यक्ष समेत रहनुभएका उहाँ जनमत संग्रहपछि सूर्यबहादुर थापा नेतृत्वमा गृहमन्त्री रहेर काम गर्नुभएको थियो । केही दिन अघि नै कोरोनाको रिपोर्ट नेगेटिभ आएको उहाँका दुई छोरा र चारजना छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्