इलाम, मंसिर १८ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी नेकपा) फुट्न र टुट्नका लागि नबनेको बताउनु भएको छ ।
सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न नदिने बताउनु भयो । ‘नेकपालाई फुटाउने अधिकार कसैलाई छैन, हामी फुटन पनि दिन्नौं,’ मुख्यमन्त्री राईको भनाई थियो ।
सो अवसरमा उहाँले तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको दावी पनि गर्नुभयो । ‘हामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौँ,’ मुख्यमन्त्री राईले भन्नुभयो । उहाँले कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको जानकारी पनि दिनुभयो । ‘प्रदेश सरकार सवै चुनौतीसँग जुधेर काम गरिरहेको छ, अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प छैन,’ मुख्यमन्त्री राईको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्